Logo
Logo

नेपाल इन्स्योरेन्सको नाफा बढ्यो



काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५९.६६ प्रतिशतले बढेर २८ करोड ६५ लाख २९ हजार रुपैयाँ कायम भएको छ । 

इन्स्योरेन्सले अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन ०.०६ प्रतिशतले बढेर ६० करोड १६ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

साथै बिमा कोषको आकार ३५.८५ प्रतिशतले बढेर ८९ करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको हो । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस्