Logo
Logo

प्रभु लाइफको नाफा ३० प्रतिशतले बृद्धि



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा खुद नाफा ३०.६५ प्रतिशतले बढेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा कम्पनीले १३ करोड २३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ३०.६५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधमिा इन्स्योरेन्सले १० करोड १३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमाशुल्क ०.२४ प्रतिशतले बढेर १ अर्ब ४६ करोड १२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २२ करोड ४९ लाख ४६ हजार रुपैयाँ र बिमालेख धितोमा कर्जाबाट १ करोड ४८ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै, अभिकर्ता कमिशन शिर्षकमा २१ करोड ९ लाख ५८ हजार रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८.८३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३२.१७ रुपैयाँ छ । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कोष तथा जगेडा कोषमा ५९ करोड ७२ लाख ५० हजार रुपैयाँ र बिमा कोषमा ३ अर्ब ७४ करोड ४० लाख ४८ हजार रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्