Logo
Logo

सिटिजन्स बैंक र आरबी डायग्नोस्टिकबीच ग्राहकलाई विशेष छुट दिने समझदारी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र आरबी डायग्नोस्टिक प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्ष पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले आरबी डायग्नोस्टिमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय(समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले देशभर फैलिएका १८२ शाखा, ३ विस्तारित काउन्टर, १३९ एटीएम, ६ कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्