Logo
Logo

भिडियोमा सोल्टा-सोल्टिनीको प्रेमकथा (भिडियो)



काठमाडौं । पारी हिमाल खुलेको छ, हिमाल वारी गाउँभन्दा माथि चौतारीमा सोल्टीले सोल्टिनी भेट्छ । सँगै बसेका सोल्टीले सोल्टिनीलाई मिठो बाँसुरीको धुन सुनाउँछ । सोल्टिनी सोल्टीको काँधमै टाउको राखेर बाँसुरीको धुनमा मग्न छ । बासुरी बजाउँन छोडेर सोल्टिनी हेर्दै गरेको सोल्टीलाई गुरुङ भाषामा भन्छ, फेरि ह्रासी ङोलो । (फेरि बजाउ न सोल्टी) । सोल्टीले सोल्टीनिलाई सोध्छ, सोल्टिनी म बिना तिमी बाँच्न सक्छौं र ?

मनोज गुरुङ र इना गुरुङको प्रेम जोडीको एउटा म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा भर्खरै सार्वजनिक भएको छ ।
लमजुङको डाडाथोक, गौडाकोटलगायत गुरुङ गाउँमा गुरुङ परिवेशमा सोल्टा सोल्टिनीबिच हँुर्कदै गरेको प्रेमको गीतिकथा हो, ‘क्यों बिना’ अर्थात् तिमी बिना ।

छुट्टी आएको लाहुरेले आफ्नो प्रेमिकालाई गुरुङ रितिअनुसार पुङ्ग अर्थात् मगनी गरेपछि प्रेमजोडीको मनमा खेलेको मिठो कथा बोकेको यो म्युजिक भिडियोले सार्वजनिक भएको दुई दिनमै चर्चा र प्रशंसा बटुलेको छ ।

नेपाली मौलिक कथा, भेषभुषा र भाषामा भएकाले यो म्युजिक भिडियो भाषा नबुझेपनि कथा र गीतको लयले जो कोहीलाई आकर्षित गर्छ । केशबहादुर गुरुङको शब्द संगीतमा गायक मानित गुरुङ र ज्योती गुरुङले गाएको यो गीतलाई भुपेन्द्र गुरुङले निर्देशन गरेका हुन् र भिडियोमा रविन थापामगरको छायाँकन रहेको छ ।

मनोज गुरुङ र इना गुरुङसँगै भिडियोमा दिपेन गुरुङको पनि अभिनय देख्न सकिन्छ । बन्देप्रसादद्वारा सम्पादित म्युजिक भिडियोलाई राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्