Logo
Logo

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न एमालेको माग


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको छ ।

आज (आइतबार)को प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् ।

सरकारले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।

छलफलको सुरुमै पहिलो वक्ताको रुपमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको बताए ।

न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे । सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थलाई पनि लुकाउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्