Logo
Logo
नक्कली शरणार्थी प्रकरण

प्रहरीले बुझाएन अनुसन्धान प्रतिवेदन


5.6k
Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा आइतबार अनुसन्धान प्रतिवेदन बुझाएन । अनुसन्धानमा खट्दै आएका एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका १६ जनाविरुद्ध अन्य मुद्दा लगाउने कसुर तय भइनसकेकाले अन्तिम रुप दिन बाँकी छ ।

सरकारी वकिल कार्यालयले आइतबार प्रतिवेदन बुझाउन भनेको थियो । तर, आज अनुसन्धान प्रतिवेदन नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । अनुसन्धान प्रतिवेदन सोमबार बुझाउने प्रहरीकाे तयारी गरेको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिँदै गर्दा आइतबार नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पाँचवटा उजुरी परेको छ । गत वैशाख २९ गते पक्राउ पुर्जी जारी भएपछि २ जेठमा आत्मसमर्पण गरेका शेर्पाले अमेरिका पठाउने नाममा ठगी गरेको भन्दै पाँचवटा उजुरी आइपुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।शेर्पामाथि परेको उजुरीको अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आइतबार नै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनाविरुद्ध थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्