पाल्पा । नेकपा एकीकृत समाजवादी को पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पाल्पाको सचिवालयको बिस्तारित बैठक तानसेनमा सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको आतिथ्यमा सम्पन्न सो बैठकमा उनले पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियान भएकाले लालचामा लागेर आन्दोलनलाई धोका दिनेसँग सतर्क हुन आग्रह गरे ।

कार्यक्रममा केकस तथा प्रदेश सचिव राजु गुरुङ, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज यादवबहादुर रायमाझी, केन्द्रीय कमिटी सदस्यहरु अशोककुमार शाही, रमा घर्ती लगायतले निर्देशनात्मक मन्तब्य राखेका थिए ।
कार्यक्रममा सबै स्थानीय तहको रिपोर्टिङ, अपानी वाचन, कार्यबिभाजन, आर्थिक व्यवस्थापनका एजेन्डामा छलफल गरी २०८० जेठ मसान्तसम्म नवीकरण सदस्यता विस्तार, सबै वडा र स्थानीय तह कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । कार्यक्रम जिल्ला कमिटी अध्यक्ष कमल पाण्डेको अध्यक्षता र सचिब मोहनलाल गैरेको संचालनमा सम्पन्न भएको थियो ।











