Logo
Logo

विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने


693
Shares

काठमाडौं । विधायन व्यवस्थापन समितिले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

फाइल तस्बिर

समितिको आज बसेको बैठकले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो ।

विधेयकको सैद्धान्तिक पक्ष र कानुन बनेपछि पार्ने प्रभावका सम्बन्धमा छलफल गरेको भए पनि दफाबार छलफल अगाडि बढाउन नसकिएको समिति सभापति जयन्ती देवी राईले बताए ।

उनले भने, ‘सबैखाले महामारी र संक्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक तर्जुमाका क्रममा रहेको भन्ने सम्बन्धित मन्त्रालयबाट समितिमा जानकारी प्राप्त भएको हुँदा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्