Logo
Logo

शीर्ष नेताहरुमाथि अनुसन्धान गर्न शान्ति समाजको माग


504
Shares

काठमाठौं । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख दलका शीर्ष नेताहरुमाथि पनि अनुसन्धान गर्न माग गरेको छ ।

समाजका मोरङ अध्यक्ष प्राडा जीवनकुमार ढकालले मंगलबार प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै अनुसन्धानको दायरामा शीर्ष नेताहरुको नाम जोडिएकाले उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने र दोषी पाइए कारबाही गर्न माग गरेको हो ।

शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको अवस्थामा जनगुनासो बढी रहेको भन्दै शान्ति समाजले प्रशासनमार्फ प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएको हो ।

‘नक्कली भुटानी शरणार्थी सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेरिहस्तहरुको सुक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेताहरुसहित जो कोही हुन् कानुनसम्मत कारवाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति , आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न र मानवअधिकार मैक्री ऐन बनाई संत्रमणकालिन न्याय पक्रियालाई टुंगोमा पुर्‍याउन मानवअधिकार तथा शान्ति समाजको तर्फबाट आग्रह गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

मानव अधिकार तथा शान्ति समाज मोरङले कुशासनको अन्त्यको लागि गत बैशाख ३१ गतेदेखि दैनिक विभिन्न प्रकारका दबाबमूलक कार्यक्रममा सहभागी हुने एवम् आफै पनि गर्दै आएको अध्यक्ष प्राडा ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्