Logo
Logo

राजनीतिक विश्लेषक दाहाललाई कारबाही गर्न एमाले सांसदको माग


18.7k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त जोशीले राजनीतिक विश्लेषक भरत दाहाललाई कारबाही गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जोशीले बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाको क्याम्प रहेको छ भनि राजनीतिक विश्लेक दाहालले भ्रम फैलाएको भन्दै कारबाहीको मग गरेका हुन् ।

सांसद जोशीले भने–‘आफूलाई राजनीतिक विश्लेषक भन्ने भरत दाहालले यही जेठ ६ गते भिडियो बनाएर बझाङ जिल्लाको साइपाल गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, स्थानीय प्रशासन सिडिओलाई खबर गर्दा बेवास्ता गरेको, केही कांग्रेसका गुन्डाहरूले अमेरिकी सेनालाई राख्न सहयोग गरेको भनेर भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको हुनाले मैले त्यहाँका स्थानीयलाई सोध्दा भ्रम पार्ने काम भएको, यहाँ भुटानी शरणार्थीको बहानामा सैनिक क्याम्प खडा गर्ने भनेर भ्रमपूर्ण समाचार प्रसारण गरेको हुनाले यसको पछाडि के लुकेको छ ? छानबिन गर्न गृह प्रशासनको माग गर्दछु ।’

उनले उक्त भ्रम फैलाइनुको पछाडीको रहस्य बुझ्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्