Logo
Logo

सिटी सेन्टरको ‘आभानी’ अब टेक्ससमा पनि…


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ मंसिर । अमेरिकाको टेक्सस सहरस्थित युलेशमा ‘आभानी बुटिक’ सञ्चालनमा आएको छ । पछिल्लो समय फेसन बजारमा प्रतिस्पर्धा भइरहेका बेला फेसन पारखीको चाहनाअनुरुप डिजाइन र सेवा दिने उद्देश्यसहित बुटिक सञ्चालनमा ल्याएको सञ्चालक तथा फेसन डिजाइनर आभानी सिंहले बताइन् ।
शनिबारदेखि टेक्ससस्थित युलेसको ६०१ क्यारोल–वेमा सञ्चालनमा आएको उक्त बुटिकमा बच्चादेखि बृद्धा सम्मका लागि हुने डिजाइनर सिंहले बताइन् । उनले भनिन्, ‘हामी सबै खाले पहिरन बुटिकमा तयार पार्नेछौँ । गुणस्तर र कपडाको क्वालिटीमा समेत कुनै कम्प्रमाइज गर्ने छैनौँ ।’


उनका अनुसार पछिल्लो सयम नेपाली बजारमा चलेको तथा अन्तर्राष्ट्रियस्तरमै चलेका फेसन डिजाइन बुटिकमा उपलब्ध हुनेछ । बुटिक सञ्चालनमा आएसँगै फेसन पारखीका लागि फिट एन्ड फाइन पहिरन आफनै ठाउँमा उपलब्ध हुने भएपछि हर्षित भएका छन् ।
युलेसमा बसोबास गदै आएकी समाजसेवी सिर्जना शर्मा पोखरेलले बुटिक सञ्चालनमा आएपछि आफूले भने जस्तो पहिरन खोज्न बजार डुलिरहने झन्झटबाट मुक्त भएको सुनाइन् । ‘अब आफनै ठाउँमा खुलेको बुटिकले हामीहरुको चाहना पुरा गर्नेछ’ उनले भनिन् । बुटिक सञ्चालनमा आएसँगै फेसन पारखीको आगमन पनि बढदै गएको डिजाइनर सिंहले बताइन् । टेक्ससमा हुने मोडलिङ कन्टेष्ट, फेसन शो, ब्युटि कन्टेष्टहरुमा अब बुटिक आभानीको डिजाइनहरुले फेसनको अभाावमा परिपूर्ति गर्ने भएको छ ।


नेपालमा सात वर्षदेखि आभानीले बुटिक सञ्चालनमा रहेको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको जी–२६ तल्लो तलामा रहेको आभानी बुटिक लोकप्रिय छ । नेपाली सिनेमाका चर्चित कलाकारदेखि कार्यक्रमहरुमा उनका डिजाइनले स्थान पाउँदै आएको छ । उनले नेपाली सिनेमामा पनि डे«स डिजाइन गरेकी छन् । युरोपको अस्ट्रियामा अध्ययन गरेर आएकी आभानी फेसन डिजाइनिङसम्बन्धी व्यवसाय रुपमा छिन् ।

प्रतिक्रिया दिनुहोस्