Logo

गोदरेज ‘फ्रि कपल ट्रिप टु बाली’ अफरको लक्की–ड्र सम्पन्न


Published On : 2 December, 2019

काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वको अवसरमा ग्राहकहरु माझ ल्याएको “फ्रि कपल ट्रिप टु बाली” योजनाको लक्की–ड्र गोदरेजको आधिकारिक फेसबुक पे मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ । भाद्र २० गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्रमार्फत बाली भ्रमणको अवसर जुराइदिएको छ ।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीहरुले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गर्नु भएकामा थापाद्वयलाई हार्दिक बधाइ ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्