Logo
Logo

एनएमबि बैंक साफामा कर्पोरेट गभर्नान्ससहित दुई अवार्डबाट पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८ बाट पुरस्कृत भएको छ । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ ।

बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो । साफाज कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टेविलिटी एण्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यंकनको आधारमा प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्