Logo

टिसिएलको ‘बडा अफर थाइल्याण्डको सफर’ २०७६ स्किमको लक्की–ड्र सम्पन्न


Published On : 2 December, 2019

काठमाडौं । महान चाडपर्वलाई लक्षित गरी विश्वको टप टु टिभी ब्राण्ड टिसिएलले ‘बडा अफर थाइल्याण्डको सफर’ नामक स्किमको लक्की–ड्र टिसिएलको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ ।

भदौ १९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा टिसिएल ब्राण्डको प्रत्येक उत्पादनहरु (एलइडि टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ मेसिन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो । फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सीता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्