Logo
Logo

‘घरजम’की हिरोइन भन्छिन्, ‘अनुपविक्रमसँग स्क्रिन शेयर गर्ने इच्छा छ’


एमपी सुब्बा


  • एमपी सुब्बा

काठमाडौं, १७ मंसिर । मोडल तथा अभिनेत्री सुस्मा खेवा आफ्नो डेब्यु नेपाली फिल्म ‘घरमजम’बाट उत्साहित छिन् । ‘मिस नेपाल हङकङ -२०१७’की विजेतासमेत रहेकी सुस्मा भन्छिन्, ‘घरजम मेरो डेब्यू फिल्म हो । फिल्मबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेकी छु । त्यसैले उत्साहित छु ।’


मौसम इम्बुङ (फुःलेन्देको बाउ) निर्देशित फिल्म ‘घरजम’को यही १९ मंसिर अर्थात बिहीबार राजधानीको कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर हुँदैछ । यो फिल्म पूर्वको विभिन्न सिनेमा हलमा १७ शो सफलतापूर्वक गरेपछि राजधानीमा पहिलोपटक प्रिमियर गर्न लागिएको हो । अहिले फिल्म टिम प्रिमियर सफल पार्न जुटेका छन् । यसैक्रममा अभिनेत्री सुस्मा पनि लागेकी छन् ।
फिल्म ‘घरजम’मा शिक्षिकाको भूमिकामा देखिएकी सुस्मा भन्छिन्, ‘घरजम मनोरञ्जनात्मकमात्र छैन, यो फिल्मले लिम्बू समुदायको कल्चरलाई समेत प्रवद्र्धन गरेको छ ।’ उनको भनाइमा फिल्म ‘घरजम’ एक मौलिक तथा सांस्कृतिकमूलक फिल्म हो । फिल्ममा लभस्टोरी, कमेडी र कल्चरको फ्युजन पाइन्छ ।

सुस्माको डेब्यू अनुभव

अभिनेत्री सुस्माले आफ्नो डेब्यु फिल्मबारे अनुभव सुनाउँदै भनिन्, ‘फिल्मको अधिंकाश सुटिङ गाउँघरमै गरिएको छ । त्यसैले सहरमा बस्नेका लागि सुटिङ निकै गाह्रो भएको थियो । तर, उत्साहित र एक्साइटेड थिएँ, त्यसैले सहजरुपमा कठिनाइलाई स्वीकारेँ ।’ उनी सन् २००८ देखि हङकङ बस्दै आएकी हुन् । ‘मिस नेपाल हङकङ’ विजेता बनेपछि म्युजिक भिडियोहरुमा काम गरेको अनुभव भएपनि उनका लागि फिल्ममा नयाँ थिइन् । त्यसैले उनी एक्साइटेड थिइन् ।
सुस्मा भन्छिन्, ‘घरजमजस्तो कल्चरल फिल्मका काम गर्ने अवसरसँगै धेरै कुरा सिक्न पाएँ ।’ उनले फिल्ममा काम गर्दा लिम्बू कला, संस्कृति, भाषा र भूषभूषाबारे जान्ने अवसर मिलेको बताइन् । ‘काम गर्दा गाह्रो त हुन्छ नै, तर त्यसबाट केही सिक्न पनि पाइन्छ’ उनले भनिन्, ‘मेरो लागि फिल्म घरजम त्यही भएको छ ।’

यसरी जोडिइन् ‘घरजम’मा

हङकङमा बस्दै आएका पनि सुस्मा नेपाली कला क्षेत्रमा लगाव राख्छिन् । फिल्ममा काम गर्नुभन्दा अगाडि म्युजिक भिडियोमा काम गर्दै आएकी सुष्माको ‘घरजम’ टिमसँग जोडिने अवसर पनि म्युजिक भिडियोबाटै भएको हो । सुस्माले भनिन्, ‘घरजमका निर्देशक मौसम इम्बुङसँग मैले म्युजिक भिडियोमा काम गरेकी थिएँ । उहाँले मेरो काम मन परेर घरजममा प्रस्ताव गर्नुभएको हो ।’ फिल्मका निर्देशक मौसम आफैमा एक कुसल कलाकार हुन् । उनै कलाकार तथा मोडल मौसमले सुस्मालाई आफ्नो फिल्मका लागि हिरोइनमा प्रस्ताव गरेका थिए । अहिले सुस्माको कामदेखि मौसम पनि खुसी नै छन् ।

सुस्माको योजना र इच्छा

मोडल तथा अभिनेत्री सुस्मा नेपाली फिल्म क्षेत्रमै केही गर्न चाहन्छिन् । हाल फिल्म ‘घरजम’को प्रमोशनमा व्यस्त सुस्माले भनिन्, ‘अझै केही समय नेपालमै बस्छु । म नेपाली कला क्षेत्रमै केही गर्ने रहर र इच्छा छ ।’ उनी व्यवसायी फिल्ममा काम गर्न चाहन्छिन् । फिल्ममा काम गर्ने पक्का भएपछि मात्र नेपाली फिल्म हेर्न थालेकी सुस्मा अभिनेता अनुपविक्रम शाहीसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छिन् । ‘मलाई नेपाली फिल्मका नायकहरुमध्ये अनुविक्रम मनपर्छ’ सुस्माले भनिन्, ‘उहाँसँग फिल्ममा काम गर्ने मेरो इच्छा छ ।’
पछिल्लो समय नेपाली फिल्म पनि राम्रो बन्न थालेको उनको बुझाइ छ । सुस्माले भनिन्, ‘नेपाली फिल्म पहिलेजस्तो छैन । पछिल्लो समय स्तरिय नेपाली फिल्म बन्न थालेको छ । त्यसैले यसै क्षेत्रमा केही गर्ने इच्छा र जोश आएको छ ।’ उनले ‘घरजम’ पछि केही फिल्मका लागि समेत कुरा भइरहेको बताइन् । सुस्माले भनिन्, ‘कुरा भइरहेको छ । तर, फिक्स भएको छ्रैन ।’ उनी कल्चरल र नारीप्रधान फिल्ममा काम गर्न रुचाउँछिन् ।

फिल्म ‘घरजम’ टिम

  • निर्देशक : मौसम इम्बुङ (फुःलेन्देको बाउ)
    निर्माता : किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो
    सह–निर्माता : तेज मेन्याङबो
    लगानी : करिब ८० लाख रुपैया
    कलाकार : बुद्धि तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, सुस्मा सुब्बा, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेललगायत ।

प्रिमियर तथा च्यारिटी संयोजक : शैलेन्द्र थेबे

प्रतिक्रिया दिनुहोस्