Logo

नायिका ऋचा शर्माका प्रेमी सार्वजनिक, २१ गते बिहे


Published On : 3 December, 2019

काठमाडौं, १७ मंसिर ।
अभिनेत्री ऋचा शर्माले आफ्नो गुपचुप प्रेमलाई विवाहमा परिणत गर्न लागेकी छिन् । मंसिर २१ गते उनले बिहे गर्दैछिन् ।


उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्विर शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन्। डिसेम्बर ७ अर्थात मंसिर २१ गते उनी प्रेमी दिपेक्क्ष विक्रम राणासँग विवाह बन्धनमा बाँधिदै छिन्। उनी लामो समयदेखि दिपेक्षसँग प्रेममा थिइन्। त्यसलाई उनले गोप्य राखेकी थिइन् । दिपेक्ष लाबिम मलका म्यानेजर हुन्। सार्वजनिक तस्विरमा उनले आफ्नो शुभचिन्तकलाई माया र साथको लागि धन्यवाद समेत दिएकी छिन्।
त्यसो त ऋचा केही समयअघि आफ्नो ब्याचलर पार्टी मनाउन पोखरा पुगेकी थिइन्। उनको ब्याचलर पार्टीमा केकी अधिकारी प्रियंका कार्की लगायतका अभिनेत्रीहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्