Logo
Logo

पेन्टागनको खण्डन, ‘मध्यपूर्वमा सेना पठाउन लागिएको छैन’


(सिन्ह्वा)


वासिंगटन, १९ मंसिर (सिन्ह्वा) । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ । उक्त समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना मध्यपूर्वमा पठाउन नलागेको जनाएको छ ।
इरान विरुद्धको संघर्षका लागि अमेरिकाले ती सेना पठाउन लागेको भनी समाचार आएको थियो । पेन्टागनका प्रवक्ता अलिसा फराहले उक्त समाचारको खण्डन गरेका छन् । उनले सो समाचारमा आएजस्तै अमेरिकाले त्यति ठूलो संख्यामा सेना मध्यपूर्वमा पठाउने विषयमा कुनै पनि तयारी नगरेको बताए । उनले ट्वीट गर्दै भनेका छन, ‘त्यो रिपोर्टिङ गलत छ, हामीले त्यहाँ सेना पठाउन लागेका छैनौँ ।’
अमेरिकाको पत्रिका वाल स्ट्रिट जर्नलले बुधबारको आफ्नो अंकमा सो समाचार लेखेको थियो । उक्त समाचारमा अमेरिकाले इरानसँग लड्नका लागि ती सेना पठाउने तयारी गरेको लेखेको थियो ।
ट्रम्प प्रशासनले सो तयारी गरिरहेको र ती सेना मध्यपूर्वमा पठाउने बारेमा निर्णय भइसकेको भनी सो पत्रिकाले समाचार लेखेको थियो । सो पत्रिकाले लेखेको समाचार गलत भएको भन्दै पेन्टागनका प्रवक्ता फराहले आफ्नो ट्वीटमा अमेरिकी रक्षा मन्त्रालयको आधिकारिक भनाई भन्दै सो जानकारी गराएका थिए ।
यसका साथै उनले आफ्नो ट्वीटमा तर अमेरिकाले इराकमा सेना पठाउने तयारी भने गरेको जानकारी दिएका छन् । अमेरिकी सिनेटर जस हलीले पनि यस समाचारको सत्यता के थियो भनेर अमेरिकी सरकारमाथि प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्