Logo
Logo

गुराँस लघुवित्तको नायब कार्यकारीमा बस्नेत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले भेषबहादुर बस्नेतलाई नायवप्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जनाएको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वाबलम्वन लघुवित्तमा विभिन्न तहसहित बिभागीय प्रमुखसम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको लामो अनुभव रहेको छ ।

कम्पनीले लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायकस्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफूलाई स्थापित गद आएको जनाएको छ ।

बस्नेतलाई गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले मंसिर १३ गतेदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी मंसिर १५ गतेबाट लागू हुने गरी कम्पनी सचिवको समेत जिम्मेवारी दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्