Logo
Logo

अपांगता भएका व्यक्तिका आवश्यकतानुसारको कार्यक्रम माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अपांगता भएका व्यक्तिहरुले आफ्ना लागि आउने कार्यक्रमको बारेमा आफुहरुलाई नै थाहा नहुने बातावरणको अन्त्य हुनुपर्ने बताएका छन् । २८ औं अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग संरक्षण नेपालले राजधानीमा आयोजना गरेको सेतो छडीलगायत दृष्टिविहिनहरुका लागि आवश्यक सामाग्री बितरण कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले यस्तो माग गरेका हुन् ।

अपांग संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडाले अपांगता भएका व्यक्तिहरुका लागि खुलेका संघ संस्था र सरकारले आफुहरुको आवश्यकताअनुसार काम गर्न नसकेकाले आफूहरुले नै कार्यक्रम गर्नुपरेको बताए । चाईना एयरका महाप्रबन्धक स्या रेले अपांगता भएका व्यक्तिहरुलाई माया र हेरचाह गर्नु नै मानव धर्म रहेको बताए । कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले नेपालमा अपांगता भएका व्यक्तिहरुका लागि आउने कार्यक्रम र अपांगता भएका व्यक्तिहरुको आवस्यकताको बारेमा जानकारी गराउँदै आगामी दिनमा अपांगता भएका क्षेत्रमा आउनुपर्ने कार्यक्रमका बारेमा अवधारण प्रस्तुत गरे ।

कार्यक्रममा सयभन्दा बढी दृष्टिविहीनलाई सेतो छडी र सयभन्दा बढीलाई पाठ्य सामग्री बितरण गरिएको थियो । दृष्टिविहीनका लागि अडियो पाठ्य सामाग्री उत्पादन गर्नको लागि चाईना एयरले केही थान कम्प्युटर अपांग संरक्षण नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्