Logo
Logo

ऋचाको ‘जिन्दगीको अर्को सुनौलो प्रहर’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ मंसिर । अभिनेत्री ऋचा शर्मा शनिबार बैवाहिक जीवनमा बाँधिएकी छन् । उनले प्रेमी दिपेक्षविक्रम राणासँग लगनगाँठो कसेकी हुन् । उनीहरुले दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
ऋचा र राणाको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीलाई मात्र निम्तो दिइएको थियो । ऋचाले दुलहीको भेषमा श्रीमानसँगको तस्बिर फेसबुकमा शेयर गर्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’ उनी तस्बिरमा खुसीको मुद्रामा देखिएकी छन् । ऋचाले केही दिनअघि मात्रै आफ्नो विवाहको मिति सार्वजनिक गरेकी थिइन् ।
बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्