Logo
Logo

ढाका उद्यमी कल्पनालाई अमेरिकामा ‘अभियान श्री सम्मान’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ मंसिर । महिला उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बू अमेरिकामा सम्मानी भएकी छन् । अमेकिराको सन फ्रान्सिकोको आयोजित ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’मा समारोहमा उनी ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी हुन् ।
द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकमार्फत स्वदेशी तथा ढाका उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै आएकी कल्पनाले राष्ट्रियप्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
कल्पनाले आफ्नो कर्म गर्नेक्रममा एक सफल महिला उद्यमीमा रुपमा आफूलाई उभ्याएकी छन् । व्यापार व्यवसायीसँगै सामाजिक सेवामा समेत सक्रिय रहेर समाजप्रति अहंम योगदान पुर्याउँदै आएकी छन् । उनले नेपाली ढाका कपडा र स्वदेशी पहिरनलाई अभियानकै रुपमा प्रवद्र्धन गर्दै आएकी छन् ।
कल्पनाले आफ्नो ढाका उद्योग द हाइल्याण्ड आर्ट र कल्पना ढाका बुटिकमार्फत नेपाली ढाकालाई विश्वका करिब ३३ राष्ट्रमा पुर्याएकी छन् । जसले गर्दा नेपाली उत्पादनलाई विश्वसामू चिनाउने काम गरेको छ । पुर्वी नेपालबाट सुरु भएको ढाका कपडा तथा पहिरन पछिल्लो समय विश्वका कुना कुनासम्म पुगेको छ । जसको श्रेय द हाइल्याण्ड आर्टलाई जान्छ ।
फेसन डिजाइनर समेत रहेकी कल्पनाले तयार पारेको ढाका परिहन नेपाली सेलिब्रेटीमाझ लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्