Logo
Logo

एकल गायनमा गुञ्जिए समाल, सुनाए दर्जनौँ गीत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ मंसिर । गायक तथा संगीतकार एवं वासुरीबाद्यक बलराम समाल एकल गायनमा गुञ्जिएका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार भएको एकल गायनमा उनी गुञ्जिएका हुन् ।
गोपाल योञ्जनको राष्ट्रिय गीत ‘देशले रगत मागे’बाट सुरु भएको एकल गायनमा कार्यक्रममा त्यसपछि बलरामले आफ्नै गीत ‘तिमी दुलही बनेर जादा.’, ‘ढुंगाको मुटु’ फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रहेछ’, भक्तराज आचार्यको ‘हजार सपनाको’, शंकर प्रेरणको ‘सोचे जस्तो जिन्दगी हुन्न’, ‘रेशमैको पछ्यौरीले लग्यो मेरो मन’ नारायण गोपालको ‘यति चोखो यति मिठो दिउला तिम्ला माया’, अरुणा थापाको ‘चोट के हो’ जस्ता दर्जनौँ गीत सुनाएका थिए । ‘एकान्तको गधुलीमा’ गीतमा बलरामलाई गायिका कमला थापा मगरले साथ दिएकी थिइन् ।
राष्ट्रिय साँस्कृतिक संस्थान नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा मगरको प्रमुख आतिथ्यतामा ससम्पन्न एकल गायनमा बलरामलाई बाध्यबाधनमा रुपेश सिंह, सुरज श्रेष्ठ, आकाश गोर्खाली, राहुल भुजेल, कुन्दन शाह र अनिल मगरले साथ दिएका थिए भने साउण्डमा छिरिङ भुटिया रहेका थिए
कार्यक्रममा गीतकार शंकर प्रेरण, नेपाल साँस्कृतिक मगर संघका अध्यक्ष कविराज थापा, संगीतर वसन्त मुकारुङ, शिसु मिलन स्कुलका बुद्ध गोले, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, गायक सुमन खड्का, गीतकार विजय कटेल, मेजर नवीन मुकारुङ, गायिका सरोजा मुकारुङ, अञ्जु गौतम, निला थापा, रमिला मगरलगायतका अतिथि थिए । कार्यक्रममा प्रमुख अतिथि थापा मगरले सबैप्रकारका गीत गाउन सक्ने क्षमता बलाराममा रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिएका थिए ।

प्रतिक्रिया दिनुहोस्