Logo
Logo

ग्लोबल आइएमई बैंकको सिईओ क्षेत्रीद्वारा पद बहाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गर्नुभएको छ । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु भएको हो ।

तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालीन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

विसं २०४२ सालदेखि तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ क्यारियर सुरु गर्नुभएका क्षेत्रीले तत्कालीन सरकारले विदेशीविज्ञहरुसमेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना काम गरेका छन् ।

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रमपश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका हुन् । एकीकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष रु. २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ ।

त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्