Logo
Logo

सेभेन सिजन झम्सिखेलमा फेसन शोसँगै ‘योमरी महोत्सव’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ मंसिर । यही बिहीबार अर्थात योमरी पुन्हीको दिन सेभेन सिजन लाउन्स बारले योमरी महोत्वस आयोजना गर्ने भएको छ । ललितपुरको झम्सिखेलमा रहेको यो लाउन्स बारले नेवार समुदायको विशेष पर्व योमरी पुन्हीको दिन योमरीको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको जनाएको छ ।
योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । साँझ हुने महोत्सवमा योमरी प्रदर्शनसँगै नेवारी भेषभूषा तथा संस्कृति झल्काउने फेसन एवं नृत्य समेत हुने आयोजकले जनाएको छ । उक्त फेसन शोका लागि इभेन्ट मेनेजमेन्ट कम्पनी आरएनआर गु्रपले सयोजन गरेको छ । आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार कार्यक्रममा मोडलहरु नेवारी भूषभूषामा ¥याम्पमा उत्रँनेछन् भने नेवारी कल्चरल गीतसंगीत समेत प्रस्तुत हुने भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य भने योमरी प्रचार गर्नुको हो । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइने विशेष प्रकारको परिकार हो, योमरी । नेवार समुदायमा यो परिकार योमरी पुन्हीको दिने खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्