Logo
Logo

अज्ञातको कटेरोको बास (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, २ माघ । गीतकार वसन्तराज अज्ञातको ‘कटेरोको बास रेशम, अलिनो छ गाँस रेशम’बोलको गीतमा म्युजिक भिडियो बनेको छ । संगीतकार तथा गायक जोनको संगीत रहेको उक्त गीतमा गायिका ज्योति कुवँरको सुमधुर स्वर सजिएको छ ।
दर्जनौँ गीतका स्रष्टा अज्ञातको उक्त गीतको भिडियोमा सिर्जना बस्नेत थापा र उमाकान्त सापकोटाले अभिनय गरेका छन् । रमेश पाठकको छायांकन तथा निर्देशन रहेको भिडियो संगीत बानियाँले सम्पादन गरेका हुन् । गीतमा अभाव, गरिबी र नियतिद्वारा ठगिएकी एक दुःखी नारीको कथा बुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्