Logo
Logo

ओजस्वी र पुस्करलाई ‘टुरिजम कल्चर’ उपाधि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’को उपाधि ओजस्वी श्रेष्ठ र पुस्कर अधिकारीले जितेका छन् ।
प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्सअप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्सअपको उपाधि जितेका छन् ।
उक्त प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । प्रतियोगिताका मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस एवार्ड जित्न सफल भए । प्रतियोगिताका विजेताहरु पस्मिना रोयल नेपालले विभिन्न उपहारहरु प्रदान गरेको थियो ।
प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्ष्ँेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिईओ सगोल घले गुरुङ थिए । प्रतियोगिताको क्रममा प्रतिस्पर्धिहरुले आइकोनिक डिजाइनर वेयरद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्