Logo
Logo

अध्यक्ष पदमा फेरि डिसीको उम्मेदवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ मंसिर । यही २८ मंसिर अर्थात शुक्रबार हुन गइरहेको चलचित्र निर्देशक समाजको निर्वाचनमा अध्यक्ष पदमा दोश्रो कार्यकालका लागि निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् ।
डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् । २०७० सालमा अध्यक्ष पदमा चुनिएका उनले यसपटक पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि राम्रो कार्यहरु गरेका डिसीलाई सम्पूर्ण निर्देशकहरुको दबाब, इच्छा र चाहनाले गर्दा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको उनको भनाइ छ ।
डिसी भन्छन्, ‘नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नुहुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बलपुर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैले उम्मेदवारीका लागि सहमति जनाइनसकेको भएपनि मलाई उहाँहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अबस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुको आग्रहलाई स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’
उनले चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रबर्धनमा लागिपरेको भन्दै भने, ‘आसन्न निर्बाचनमा सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ, सहयोग र सदभाव पाउनेमा दुइमत छैन ।’

प्रतिक्रिया दिनुहोस्