Logo
Logo

भारतमा चर्कियो नागरिकता आन्दोलन, विभिन्न जिल्लामा कर्फुयू


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, २६ मंसिर (एजेन्सी) । भारतमा नागरिकता संशोधन विधेयक पारित भएसँगै आन्दोलन चर्किएको छ । सरकारले संशोधन विधेयक पारित गरेकामा विपक्षी दललगायत विभिन्न समूह आन्दोतिल बनेका हुन् । विधेयकको मुस्लिम समुदायले चर्को विरोध गर्दै आएको छ ।


विद्यार्थी, नागरिक अगुवा पनि प्रदर्शनमा उत्रिएका छन् । उक्त विधेयक राज्यसभाबाट पारित भएपछि आन्दोलन झन् चर्किएको हो । कतिपय ठाउँमा प्रदर्शनकारीले ढुंगामुडा प्रहार गर्दै टायर बालेका छन् । भारतीय सञ्चार संस्था माध्यमका अनुसार गुवाहटी, तिनसुकिया, दिबु्रगाह्र र जोरहाट जिल्लामा सेना परिचालन गर्दै कर्फ्यू लगाइएको छ । आसामका १० जिल्लामा कर्फ्यूका साथै इन्टरनेट सेवा बन्द गरिएको जनाइएको छ ।
आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दर्जनौं प्रदर्शनकारी घाइते भएको बताइएको छ । हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । आन्दोलन दबाउन सरकारले सेना परिचालन गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्