Logo
Logo

दुबईको अवार्डमा सहभागी हुँदै सृष्टि र जोया



काठमाडौं । दुबईमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट विभिन्न ५ ब्यक्ति सहभागी हुने भएका छन् । अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरेर तीन विधाका लागि ५ जना सहभागी हुन लागेका हुन् ।

प्रतियोगितामा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी अवार्डमा प्रतियोगीका रुपमा सहभागी हुने भएका छन् भने फेसन मेकअप आर्टिस रश्मी श्रेष्ठ र ब्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ नोमिनिजका रुपमा सहभागी हुने भएका छन् ।

त्यस्तै, ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रुपमा सहभागी हुने भएकी छन् । असार २० (५ जुलाई)मा हुने उक्त अवार्डमा सबै ब्यक्ति ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिको सहभागीता रहने बताइएको छ ।

मिडियाले शुक्रबार एक कार्यक्रमबीच दुबईको कार्यक्रम र सहभागीको बारेमा जानकारी गराएको हो । कार्यक्रममा मिडियाले जोया बुढाथोकीलाई ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ र सृष्टि महर्जनलाई ‘मिस स्टार युनिभर्स नेपाल २०२३’को ताज सहित प्रतियोगीतामा सफलताको लागि शुभकामना दिएको थियो ।

कार्यक्रममा ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड’को विभिन्न विधामा नेपालको प्रतिनिधित्व हुनु खुसीको बिषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्