Logo
Logo

ढाक्रे जिन्दगी अब पर्दामा



काठमाडौं । करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको चलचित्र ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ । निरंजन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र अगामी साउन ५ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ ।

कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा चलचित्र निर्माण गरेको बताएका छन् । ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिडेर ढाक्रेहरु बटौली बजार आउथे र जडीबुटी,घिउ,भटमासहरु त्यहाँ बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्याबश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख, कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’

उनले तत्कालीन ऐतिहासिक ग्रामिण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन भनेर चलचित्र निर्माण गरेको बताए ।
चलचित्रमा धु्रव कोइराला,मिनुज रानामगर,माया थामी,उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र बिनोद चौधरीले खिचेको चलचित्रमा सुरेश सेन्चुरीको संगीत,एन के एम र तेजप्रसाद पाण्डेको शब्द,लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ ।

युनीक मुभिजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको चलचित्रको सम्पादन बिजय पोखरेल र बिनोद चौधरीले गरेका हुन् । ‘ए ढाक्रे दाई’ को बितरण आरआर फिल्म प्रोडक्शले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्