Logo
Logo

कामना सेवाले वृहस्पति विद्यालयलाई दियो डस्टबिन


378
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको वृहस्पति माध्यमिक विद्यालयलाई डस्टबिन वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय पदसरिमार्फत डस्टबिन हस्तान्तरण गरेको हो ।

बैंकका शाखाप्रमुख रोशनी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई डस्टबिन हस्तान्तरण गरेको जनाइएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकलगायत बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको जनाइएको छ ।

बैंकले आगामी दिनमा पनि सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्य लाई निरन्तरता दिने जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000