Logo
Logo

खप्तडको सुन्दर दृश्यमा ‘सधैं यस्तै मिठा कुरा’ (भिडियोसहित)



काठमाडौं । सुदूरपश्चिमको चर्चित प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायाँकन गरिएको गीत सार्वजनिक भएको छ । शुक्रबार नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा, पूर्वपर्यटनमन्त्री प्रेम आले, राष्ट्रियसभा सदस्य महेश महरा, सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय पदम शाही र शिवसिंह वलीको उपस्थितिमा ‘सधै यस्तै मिठा कुरा’ बोल गीतको विमोचन गरिएको हो ।

गीतका विषयमा बोल्दै प्रमुख अतिथि थापाले पर्यटन प्रवर्द्धनमा यसले योगदान गर्ने बताए । उनले भने, ‘सिर्जनशील उपाय अपनाएर युवा साथीहरुले बनाएको गीतबाट त्यो क्षेत्रको सौन्दर्य र महत्व फैलिने विश्वास लिएको छु ।’

पूर्वपर्यटनमन्त्री आलेले त्यसैका लागि बनाइएको सरकारी संरचनाले यस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘साथीहरुले गरेको काम हेरें । मलाई सरकारबाट सहयोग भएको होला भन्ने लागेको थियो तर आफैंले गर्नुभएको रहेछ । यस्ता सिर्जनशील उपायबाट प्रचार गर्ने काममा सरकारले हातेमालो गर्नुपर्छ ।’

सुगम संगीतका चर्चित गीतकार तथा संगीत दिपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र वेनिशा पौडेलको रहेको छ । पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागिसमेत उपयुक्त ठाउँका रुपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजनसमेत गरेका कलाकार सनम कठायतले जानकारी दिए ।

डोटी घर भएका कलाकार कठायतले आफ्नो क्षेत्रलाई प्रवर्द्धनका लागि अभियानका रुपमा यसपटक खप्तडमा केही गीत सुटिङ गरिएको बताए । उनले भने, ‘हामीले आफ्नो कर्तव्य ठानेर यसपल्ट सुटिङ स्पट खप्तड रोज्यौं । अभियानमा बझाङको खप्तड छान्ना गाउँपालिका र कार्की क्रियसनलगायतले सघाएका छन् । यो गीतम कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ ।

गीत निर्देशन खप्तड क्षेत्र फैलिएको अर्को जिल्ला बाजुरा घर भएर अहिले पत्रकारिताका साथै देउडा गीत लेखन र म्युजिक भिडियो निर्देशनसमेत गरिरहेका डिबी खड्काले गरेका छन् । क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दिपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्ति हुन् । म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन् । यस गीत ‘कार्की क्रियसन’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्