Logo
Logo

सुनिताका कारण एमालेमा हंगामा


194.8k
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनौठो व्यवहार देखाउन थालेका छन् । आफ्ना आलोचकलाई पार्टीमा टिक्नै नदिने नीति लिएका उनले पार्टीका पुराना नेताहरुलाई पनि बेवास्था गर्न थालेका छन् ।

पार्टीमा आफुलाई ‘बा’ भनेर चाकडीमा रमाउने समूहलाई लिएर उनी अघि बढेका छन् । यसले एमालेभित्र अर्काे विद्रोह जन्माउने सम्भावना देखिएको छ ।

अध्यक्ष ओली उच्चस्तरको छलफलमा नेतृ सुनिता बराललाई लिएर जान थालेको विषय पछिल्लो समय एमालेमा चर्चामा छ । संसद अवरुद्धको विषयलाई लिएर उनी आइतबार र सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न गएका थिए ।

दुवै बैठकमा उनीसँग एमाले सांसद सुनिता बराल सहभागी थिइन् । पार्टीका वरिष्ठ तथा तथा प्रमुख सचेतक÷सचेतकलाई बेवास्था गरेर सुनितालाई लिएर गएको विषयले एमालेभित्र हंगामा मच्चिएको छ ।

सांसद बरालले ओलीको आशीर्वादका कारण पटक–पटक अवसर पाउँदै आएकी छिन् । चाकडीकै आधारमा उनी अनेरास्ववियुको अध्यक्षमा मनोनित भइन् । अध्यक्ष हुँदाुहँदै समानुपातिकतर्फबाट सांसद बनिन् । जबकि पार्टीमा दशकौंदेखि योगदान गरेका महिला नेतृहरुलाई पार्टीले अपमान गरेको थियो । अहिले वरिष्ठ नेतालाई पाखा लगाएर उनै सुनितालाई लिएर अध्यक्ष ओली शीर्ष बैठकमा जान थालेपछि एमालेका नेताहरू अचम्ममा पर्न थालेका छन् ।

पार्टीका पछिल्लो धेरै विषयमा ओलीले आफ्ना भक्तहरुलाई मात्र प्राथमिकता दिन थालेको एमाले नेताहरू बताउँछन् ।

केही महिनाअघिको कार्यविभाजनमा पनि उनले शीर्ष नेताहरूसँग समेत छलफल गरेका थिएनन् । त्यो विषयमा पनि पार्टीका पदाधिकारी नै रुष्ट छन् ।

इसाई धर्मको धन्दामा लागेका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाउँदा पनि कोही नेता बोल्न सकेका थिएनन् । ओलीका एकपछि अर्काे विवादास्पद निर्णयले एमालेमा धेरै नेता उनीसँग चिढिदै गएका छन् । तर, आफ्नो निर्णयको आलोचना गर्नेलाई पार्टीमा टिक्नै नदिने भएकाले पार्टीभित्र उनको मनोमानीबारे कसैले बोल्ने हिम्मत गरेको छैन ।

केही नेताको स्वार्थमा ७० वर्षे उमेहरदको प्रावधान हटाउँदा समेत एमालेका कोही युवा नेताले त्यसविरुद्ध आवाज उठाउने आँट गरेनन् । ‘ओलीको यही कार्यशैलीका कारण हिजो पार्टी विभाजन भएको थियो,’ एक नेता भन्छन्,‘यस्तै पारा चलिरहेने हो भने अर्काे चुनावसम्म फेरि विद्रोह नहोला भन्न सकिन्न ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000