Logo
Logo

फस्टलुकमा यस्तो देखियो ‘नांगो गाउँ’



काठमाडौं । दिपेन्द्र लामा निर्देशित फिल्म ‘नांगो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको फिल्मको पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ ।

हिमाल शर्माको प्रस्तुति रहेको यो फिल्म आगामी भदौको २९ गतेबाट रिलिज हुने बताइएको छ । यस फिल्ममा जय श्रेष्ठ निर्माता तथा राम श्रेष्ठ कार्यकारी निर्माता रहेका रहेका छन् । आलोक शुक्लाको छायांकन रहेको यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।

फिल्ममा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ ।
बनिष शाहको सम्पादन रहेको ‘नांगो गाउँ’मा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पार्छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्