Logo
Logo

डिशहोममा ‘चिसो मान्छे’ प्रदर्शन



काठमाडौं । समसमायिक विषय वस्तुमा निर्मित नेपाली चलचित्र ‘चिसो मान्छे’ डिशहोममा प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हलमा गएर चलचित्र हेर्न छुटाएका दर्शकले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकसाथ हेर्न सक्नेछन् ।
‘चिसो मान्छे’ सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पाउन सकिनेछ ।

तीन महिना अथवा एक हजार वा सो भन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार वा सोभन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बराबरको २ वटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार वा सोभन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बराबरको ४ ओटा मुभी टिकट ग्राहकले पाउने डिशहोमले जनाएको छ ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोवाईलमा एसएमएसमार्फत प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्