Logo
Logo

अन्नु र मेलिनाको ‘यो तीजको लहर हो’ सार्वजनिक



काठमाडौं । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ‘यो तीजको लहर हो’ बोलको तीज गीत सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र अन्नु चौधरीको स्वर रहेको छ ।

डी.पी खनालको शब्द रहेको यस गीतमा ताराप्रकाश लिम्बूको संगीत रहेको छ । देबेश राईले संगीत संयोजन गरेको यस गीतको भिडियोमा स्मारिका ढकाल, समारिका ढकाल, दीपा शाही, सुशीला थापा, आभा थापा र बिना राउतलगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन तिवारीको छायाँकन गरेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ ।

सुप्रिम पराजुलीले सम्पादन गरेको यस भिडियोलाई शान थापाको निर्देशन गरेका हुन् । नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई ‘नोभिस आर्टस’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्