Logo
Logo

बेनुका राईको नयाँ गीत ‘साइबा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायिका बेनुका राईलाई सुन्न चाहनेका लागि खुसी खबर छ । लामो ग्यापपछि गायिका बेनुकाको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘साइबा’ बोलको नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

गीतमा निलम रोजु राईको शब्द तथा संगीत रहेको छ । ‘साइबा’ अर्थात राई बान्तवा भाषाका ‘सोल्टी’ बोलको यस गीतलाई गायिकासमेत रहेकी संगीतकार निलम रोजु राईकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

देवेश राईले संगीत संयोजन गरेको यस गीतको भिडियोमा फिर्चड गायिका बेनुका सयंम छिन् । साथै, भिडियोमा संगीतकार निलम पनि देखिन्छिन् । बेनुका अहिलेका चर्चित र व्यस्त अभिनेता दयाहाङ राईको श्रीमती हुन् । दयाहाङ व्यस्तताका कारण पछिल्लो केही वर्षयता कुनै समयकी चर्चित बेनुकाको गायनमा भने उपस्थिति पातलिँदै गएको छ । यसैबेला उनको नयाँ गीत सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्