Logo
Logo

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सनराइज क्यापिटल



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएपश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्थाकोे शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठद्वारा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्