Logo
Logo

एनआइबिएल सहभागिता फन्डको लाभांश घोषणा



काठमाडौं ।। एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना एनआइबिएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फण्डले इकाई धनीहरुलाई आर्थिक वर्ष २०७९÷८० को नाफाबाट करसहित ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेभएको छ ।

सो प्रयोजनार्थ फण्डले साउन ११ गते नै इकाईधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको छ । यसअनुसार सो मितिसम्म कायम रहेका इकाई धनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो एक खुलामुखी योजना भएकाले यस योजनाका इकाई धनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्नेसमेत सुविधा रहेको छ । सो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाई धनीहरुको खातामाा यथाशीघ्र इकाई पठाइने योजना व्यवस्थापकले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

यस फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्