Logo
Logo

जनकपुरको मुरली चोकमा एभरेष्ट बैंकको शाखा



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरली चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको थियो । साउन १२ गतेबाट एभरेष्ट बैंकले नयाँ शाखा सञ्चालना ल्याएको हो । यो सँगै एभरेष्टको शाखा सञ्जाल १२७ पुगेको छ ।

जनकपुर उप–महानगरपालिका–४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटनपछि झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाकोरुपमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्