Logo
Logo

एआइजीसम्म सुन तस्करको सम्बन्ध


142.4k
Shares

काठमाडौं । विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणको घटनाले यतिबेला विगतमा भएका सुन तस्करीका फाइल पनि पनि खुल्न थालेका छन् । खासगरी २०५५ सालमा संसदीय समितिले गरेको छानबिन प्रतिवेदनको चर्चा भइरहेको छ ।

तत्कालिन जनमोर्चाका सांसद रहेका परि थापा नेतृत्वको समितिले सुन तथा अवैध विदेशी मुद्रा कारोबारमा संलग्न व्यक्तिहरूको सूची बनाएको थियो । त्यसमा देशका चर्चित व्यापारीहरु समेत छन् ।

साथै सुन तस्करी तथा डलर तस्करीमा सघाउने प्रहरी अधिकारीको नाम पनि त्यसमा उल्लेख छ । त्यसमध्ये एक हाल प्रहरीमा एआइजी छन् । एआइजी सुदीप गिरी त्यतिबेला इन्सपेक्टर थिए । विमानस्थलमा कार्यरत रहँदा उनले एक समूहलाई तस्करीमा सघाएको र त्यसवापत विभागीय कारबाही भएको खुलेको छ । त्यस्तै, पूर्वएआइजी विज्ञानराज शर्मा लगायतको पनि त्यतिबेला शंकास्पद भूमिका देखिएको सो प्रतिवेदनमा उल्लेख छ ।

त्यसो त हालै बरामद भएको एक सय केजी सुन तस्करीका नाइके दावा छिरिङको पनि केही प्रहरी अधिकारीसँग सम्पर्क देखिएको छ । पूर्वआइजिपी सर्वेन्द्र खनाललाई त उनले भेटेरै फोटो खिचाएका थिए । साथै, एसएसपी ओम राना, एसपी दानबहादुर मल्ल लगायतसँग चिनियाँको निकटता देखिएको छ । तर, प्रहरी अधिकारीले उनीहरुको अपराधिक गतिविधिमा सघाएको/नसघाएको प्रष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्