Logo
Logo

शाहिद १३ वर्ष कान्छी आफ्नी पत्नीसँग नर्भस किन ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । आफूभन्दा धेरै कम उमेरका पत्नी ल्याउँदा सुरुमा जुनै पुरुष पनि गर्व गर्छन् । त्यस्तै बलिउड अभिनेता शाहिद कपूरलाई पनि गर्व लागेको थियो । शाहिदले आफूभन्दा १३ वर्ष कान्छी मीरा राजपूतसँग विवाह गरेका हुन् । जतिखेर मीरासँग विवाह गरेका थिए, त्यतिखेर उनलाई कुनै पर्वाह भएन तर, अहिले आएर उनी पछुताउन थालेका छन् अर्थात लजाउन थालेका छन् ।
शाहिद कपूर र मीरा राजपूत बलिउडमा ‘कुल कपल’का रुपमा चिनिन्छन् । शाहिदले जतिखेर मीरासँग विवाह गरेका थिए, त्यतिखेर शाहिदको उमेर ३४ वर्षको थियो । तर मीरा भने त्यो समयमा २१ वर्षकी मात्र थिइन् । यो ठूलो उमेरको अन्तरका बाबजुद पनि उनीहरु खुसी थिए । तर, पछिल्लो समय शाहिदलाई पछुतो लाग्न थालेको छ । यो कुरा उनले सामाजिक सञ्जाललगायत अन्तर्वातामार्फत पनि शेयर गर्न थालेका छन् ।
शाहिदले हालै एक अन्तर्वातामा भने, ‘त्यो दौरानमा मौसम एकदमै राम्रो थियो । साँझ पाँच बजेको थियो । मीराको अनुहारमा लाइट आइरहेको थियो । अचानक उनी म तिर फर्केर हाँसिन् । मलाई उनको चेहेर र हाँसो हेरेर सोचे कि ‘उनी यति यङ’ , तैपनि मलाई किन मन पराइन् त ? के म उनलाई मन पराउनु ठीक हो ? यस्तै यस्तै सोचले म गलत रहेछु भन्ने लागिरह¥यो ।’
हिजोआज मीरा र आफ्नो उमेरको अन्तर देखेर शाहिदलाई लाज समेत लागेको छ । तैपनि यी जोडी बलिउडमा ‘शानदार कपल’मा दर्ज छन् । उनीहरुको ट्युनिङ पनि एदकमै मिलेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्