Logo
Logo

राष्ट्रपतिले गरे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल


693
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छलफल गरेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनासँग संसदको जारी अवरोधबारे जानकारी लिएका हुन् ।

आज बिहान घण्टा भएको भेटमा उनीहरुबीच संसदको जारी अवरोधबारे छलफल सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सो क्रममा राष्ट्रपति पौडेलले सदनको अवरोध खुवाउन भएका छलफल प्रयासबारे जानकारी लिएका थिए ।

भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिए । 

राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए ।

एमालेले एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन ।

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा रहे पनि कुरा मिल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्