Logo
Logo
सय किलो सुन प्रकरण

व्‍यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ


2.3k
Shares

काठमाडौं । करिब एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएकाे । आजै भारतबाट फर्किएका उनलाई अध्यागन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

उनी नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका थिए । उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । राजस्व अनुसन्धान विभागले रोहनलाई कालोसूचीमा राख्न अध्यागन विभागलाई भनेको थियो।

केही दिनअघि सुन प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मागरेको थियो । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन् । भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्