Logo
Logo

दंगामा तीन दिनमै ८९० जना मारिए


- दृष्टि न्युज/संवाददाता



जेनेभा, ३ माघ (एएफपी) । साम्प्रदायीक दंगामा परेर लोकतान्त्रिक गणतन्त्र कंगोमा तीन दिनमै ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कंगोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । गत डिसेम्बर महीनाको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्