Logo
Logo

ठूलो खोला हाइड्रोपावरको धितोपत्र निष्कासन प्रबन्धकमा सिटिजन्स क्यापिटल


882
Shares

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा जारी गर्न लागेको साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरकी सञ्चालक श्वेता अधिकारी पन्त तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावरको सार्वजनिक सेयर निष्कासन गर्ने जनाइएको छ । ठूलो खोला हाइड्रोपावरले निर्माण गरिरहेको आयोजना ‘माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको र सो योजनाको २२.५ मेगावाट बिजुली उत्पादन क्षमता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्