Logo
Logo

सशस्त्रको एसएसपी बढुवामा विवादितकै बाहुल्य



काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरीका १२ प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका विवादित पात्रहरु परेका छन् ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त १२ जना सशस्त्र प्रहरी उपरीक्षकको बढुवाका लागि सिफारिस गर्दा विगतमा विवादमा परेका पात्रहरु परेका हुन् ।

बढुवा सूचीअनुसार राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेज प्रसाद पोखरेललाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

जसमध्ये एक नम्बरमा रहेका राजेश उप्रेतीको विगतलाई हेर्ने हो भने सन्तोषजनक छैन । राजेश उप्रेती झापा घर भएकै आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा सबैभन्दा बढी लाभ लिनेमा पर्दछन् ।

अहिलेको बढुवामा सिफारिसमा एमालेका कार्यकर्ताको बधाईको बाढी लागेको छ । उनका दाई नाता पर्ने नन्दु उप्रेतीले पनि बढुवाका लागि निकै दौडधुप गरेका थिए । उनी धनुषामा एसपी हुँदा सबैभन्दा विवादमा परेका थिए ।

धनुषामा विवादमा परेका उनलाई लगत्तै झन् आकर्षक रुपन्देहीमा भयो । केपी ओलीकै सरकार भएको बेला उनको रुपन्देहीमा सरुवा गरिएको थियो । ओली सरकार परिवर्तन भएपछि उनी तानिएका थिए । उनले धनुषा र रुपन्देहीमा हुँदा सीमाबाट हुने भन्सारछली चोरी तस्करी नियन्त्रणमा होइन, घुमुवा राखेर तस्करहरुसँग उठाउनेमै बढी ध्यान दिएको आरोप कायमै छ । साथै, उप्रेती धनुषामा गणपति हुँदा तत्कालीन डिआइजी (अहिलेका आइजिपी) राजु अर्याललाई छक्याएर तस्करलाई सहयोग गरेको अर्को आरोप पनि कायमै छ ।

बढुवा सिफारिसको दोस्रो नम्बरमा रहेका एसपी गंगाराम श्रेष्ठ सर्लाहीमा हुँदा सिडिओ र नेपाल प्रहरीका एसपीसँग तास खेली बसेको भिडियो बाहिरिएपछि रातारात कारबाहीमा परेका थिए । उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले काखी च्यापेर बढुवा सिफरिसमा दबाब दिएको स्रोतको दाबी छ ।

चौथो नम्बरका बढुवा सिफारिस भएका भरत खनियाँले तत्कालिन आइजीपी शैलेन्द्र खनाललाई राजनीतिक दबाब दिएर दुई दुई पटक आकर्षक स्थानमा जाने अधिकृत हुन् ।

पश्चिम नवलपरासीमा गणपति हुँदा खसी काण्ड मच्चाएर डोटी सरुवा थियो । डोटीबाट शक्तिकेन्द्र प्रयोग गरे रूपन्देहीको कमाण्ड सम्हाल्न भ्याएका उनलाई एमाले नेता विष्णु पौडेलसँग जोडिएको ढुंगामुढा र सुकुम्वासी काण्डका कारण तत्कालै हेडक्वार्टरमा तानेर कमाण्ड खोसिएपनि केही समयपछि सर्लाहीस्थित गणको प्रमुख भए ।

त्यसबेला सर्लाहीको विभन्न नाका प्रयोग गरेर तस्करीलाई सहयोग गरेको अरोप पनि उनीमाथि लागेको छ ।

सूर्यबहादुर सेन ओली माथि कमाण्ड नै सट्टापट्टा गरेको आरोपलाई चिर्न सकेका छैनन । सशस्त्रमा निकै काविल अफिसरका रुपमा पचिय कमाएका धु्रवबहादुर कार्की भने बढुवा सिफारिसमा छुटेका छन् । सेन कपिलवस्तु र कार्की रौतहट जिल्लाको कमाण्ड कमाण्ड थिए । सेन डिएसपी हुँदा जाउलाखेलमा ट्राफिक प्रहरीसँग झगडा गरेर थुनामा परेका थिए ।

जावलाखेलमा मदिरा सेवन गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ललितपुर घर भएका एसपी विकास घिमिरेलाई पनि बढुवा गरिएको छ । ध्रुवबहादुर कार्की रौतहटबाट पुरस्कार बुझ्न हलचोक आउदा आउदै उनको पुरस्कार बाटोबाट हाइज्याक गरेको आरोप उनीमाथि छ ।

यसरी आधा भन्दा बढी विवादित पात्रलाई सशस्त्रले एसएसपी बढुवामा सिफारिस गरेपछि सशस्त्र प्रहरीभित्र काम गर्ने र नगर्नेहरुको कुनै मूल्यांकन नभएको भन्दै गुनासो सुनिएको छ । यसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने बताइएपनि कोही कसैले उजुरी गरेका छैनन ।

प्रतिक्रिया दिनुहोस्