Logo
Logo

भूकम्पपछि ट्रम्पद्धारा संकटकालको घोषणा


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, २४ पुस (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् ।
अमेरिकी टापुको उक्त क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प गएकाले संकटकाल घोषणा गरिएको हो । उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सवै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका कार्य गर्ने संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत व्यवस्थापन निकायलाई दिइएको छ ।
गत मंगलबार त्यस क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन् । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् । भूकम्पका कारण त्यस क्षेत्रका कैयौँ भवनहरु क्षतिग्रस्त भएका छन् भने, विद्युत सेवा अवरुद्ध भएको थियो ।

पछिल्ला केही हप्तामा त्यस क्षेत्रमा हजारौँ कम्पन अधिकांश आमनागरिकले महसूस गर्न समेत नसकेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अहिले ठूलो भूकम्प गएको पुएर्टो रिकोमा ३४ लाख जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्