Logo
Logo

अष्ट्रेलियाको आगलागी नियन्त्रण जारी, अहिलेसम्म २७ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


क्यानर्बेरो, २४ पुस (एजेन्सी) । करिब तीन महिनायता अष्ट्रेलियाको जंगलमा आगो बलिरहेको छ । उक्त आगलागीबाट अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण अहिलेसम्म २७ जनाको मृत्यु भएको बताए ।
संसद भवनमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।
अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ, जसका कारण तापक्रम बढेर अत्यधिक गर्मी हुँदै गएको र तातो हावा चलेको अधिकारीहरुले बताएका छन् ।
‘योभन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौँ, विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ’, प्रधानमन्त्री मोरिसनले भने । उनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन्
प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सवै सहयोगीलाई धन्यवाद समेत दिएका छन् । अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने अन्य मुलुकहरुसम्म पुगेको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अहिले पनि नियन्त्रणको प्रयास भइरहेको छ । उक्त आगलागीबाट करोडौँ जनावर तथा जीवजन्तुको मृत्यु भएको अनमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्