Logo
Logo

पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेका छौं : मन्त्री नेम्वाङ


- दृष्टि न्युज/संवाददाता


ताप्लेजुङ २४ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ । बुधबार विहान ताप्लेजुङका ४ ओटा महत्वपूर्ण सडकको अनुगमनपछि एक कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु भएको छ । मन्त्री नेम्वाङले चर्चित धार्मिक स्थल पाथीभरा जाने बाटो ताप्लेजुङका सुकेटार–पाथिभरा सडक खण्ड, दोभान–ढुगेंसाघु–वसन्तपुर (मदनभण्डारी राजमार्ग) सडकखण्ड, सदरमुकाम फुङ्लीङ बाइपा र ताप्लेजुङ–ओलाङ्चुङगोला हुँदै तिव्वत जोड्नेको अनुगमन गर्नु भएको हो । उहाँले प्रधानमन्त्री केपी शर्माओली पहिलो पटक प्रधानमन्त्री हुनु भएकोबेला ताप्लेजुङ भ्रमणका बेला सुकेटार विमानस्थल, पाथिभरा, तमोर कोरीडोर र मदनभण्डारी राजमार्गलाई चासोको रुपमा लिएकोसमेत स्मरण गराउनु भयो । उहाँले सरकारले समृद्ध नेपाल, सुखि नेपालीको नारालाई साकार पार्दे विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नु भएको छ । नेम्वाङले पूर्वाधार विकासलाई सरकाले प्राथमिकतामा राखेर काम गरिहेको समेत जानकारी दिनुभयो ।

उहाँले आफ्ना मन्त्रालय मातहतका कार्यालय अनुगमन गरि समयमै काम सक्न निर्देशन समेत दिनु भएको छ । मन्त्री नेम्वाङसँगै सचिव देबेन्द्र कार्की, मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, १ नम्बर सडक डिभिजन कार्यालय प्रमुख रामप्रसाद पोखरेल, संविधान सभा सदस्य भुपेन्द्र थेवे, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पत्रकार र स्थानीयले उक्त सडकहरुको अनुगमनमा सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्